काठमाण्डौ  ।   सशस्त्र प्रहरी बल, नेपालका तीन जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

प्रधान कार्यालय हलचोकले प्राविधिक समूहतर्फ रिक्त पदमा पदपूर्तिका लागि तीन जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।बढुवा समितिको मंगलबार (कात्तिक १४) को निर्णयअनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

OM Sai Pathibhara Hospital

प्राविधिक समूह स्वास्थ्यतर्फ डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ र डा. महेन्द्रराज श्रेष्ठ त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फ इन्जिनियर नानीराम हुमागाईं एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।सो सिफारिसविरूद्ध चित्त नबुझे कात्तिक २१ गतेभित्र उजुरी दिन सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।