काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाललाई (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ सकेर आज निर्णय सुनाउने भएको छ।

बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ सकेका थिए । त्यसको आज निर्णय सुनाउने तयारी छ।

OM Sai Pathibhara Hospital

संविधान दिवस २०८० को अवसरमा जन्मकैदको सजाय भोगिरहेको योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफासिरसँगै ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए। ढकाल कारागारमुक्त भएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।