काठमाडौँ । सरकारले भारतीय सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको छ । तिहार लक्षित सयपत्री फूलको मालाको आयातमा प्रतिबन्ध लगाएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको हो । अर्को निर्णय नभएसम्म भारतीय सयपत्री माला ल्याउन नपाइने सूचनामा उल्लेख छ ।

OM Sai Pathibhara Hospital

तिहारमा अत्यधिक मात्रामा सयपत्री फुलको मालाको माग हुन्छ । इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।