समाचार

    Showing 18,531-18,540 of 25,945 items.
  • चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा मृत फेला

    काठमाण्डौ  ।   चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।”छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 200 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • 163 पटक पढिएको
  • भैँसीसित मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

    झापा । झापाको केर्खा नजिकै भैँसीसित मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।झापाको कमल गाउँपालिका–३ सहिद गेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 153 पटक पढिएको
  • भारतको काश्मिरमा बस दुर्घटना हुदा ३९ जनाको मृत्यु

    एजेन्शी  । भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।सिन्हले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 220 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ ।  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भ

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 172 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।  दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती  कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा ह

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • 186 पटक पढिएको
  • जनकपुरबाट जयनगर छुटेको रेलले ठक्कर दिदा एक जनाको मृत्यु

    झापा  । आज (मङ्गलबार) बिहान ९:३० बजे जनकपुरबाट जयनगर छुटेको  DPC1902 नम्बरको रेलले ठक्कर दिदा एक जनाको धटनास्थलमै मृत्यु भएको छ।   धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको रेलले ठक्कर दिदा मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको छ।बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलले ठक्कर दिदा रेलले काटेर दासको मृत्यू भएको हो ।रेलमा कटेर मृत्यू हुनेमा भारत बिहारको जयनगर बेल्ही बस्ने अन्दाजी बर्ष ६० को विन्देश्वर दास रहेको प्रहरिले बताएको छ । 

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 441 पटक पढिएको
  • फरार प्रतिवादी पक्राउ

    काठमाण्डौ   ।   मोरङ छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ३ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फैसला कार्यान्वयनको लागि परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा जबरजस्ती करणी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०८०।०५।१५ गतेको फैसला आदेश अनुसार मोरङको पथरी शनिस्चरे नगरपालिका -७ का दिल कुमार तामाङ र २० बर्षिय बिनोद धिमाल।बैङकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।११।०३ गतेको फैसलाले दिन ५ कैद र नगद ७ लाख १५ हजार जरिवाना भई फरार रहेका मोरङको मिक्लाजुङ

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 196 पटक पढिएको
  • झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    झापा   ।   झापाको कन्काई नगरपालिका-९ मन्त्रिबारी स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४० बर्षिय संजय साह गम्भिर घाईते भएका थिए । घाईते उनलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 219 पटक पढिएको
  • श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    काठमाण्डौ  ।  उदयपुरको त्रियुगा नगरपालिका-१६ धौरी कि ५० बर्षिया सुनमाया तामाङको हत्याको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् । गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ बर्षिय जस बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 191 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.