काठमाण्डौ  ।  उदयपुरको त्रियुगा नगरपालिका-१६ धौरी कि ५० बर्षिया सुनमाया तामाङको हत्याको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् ।

गत २६ गते राती मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गर्ने ६१ बर्षिय जस बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

कुटपिटबाट घाईते भएकी सुनमायाको मंगलबार मृत्यु भएको उक्त कार्यालयले जनाएको छ भने घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।