एजेन्शी  । भारत नियन्त्रित जम्मु-काश्मिरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुगेको छ। घाइते १७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

डोडाका उपायुक्त हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उक्त जानकारी दिएका हुन्।डोडा जिल्लाका डीसी हरविन्दर सिंहका अनुसार चालकले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको अनुमान गरिएको छ।

OM Sai Pathibhara Hospital

सिन्हले दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने घोषणा गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख प्रकट गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।