झापा   ।   झापाको कन्काई नगरपालिका-९ मन्त्रिबारी स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।

सोमबार राति साढे ११ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र २-०३-०१५ प ४०७८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४० बर्षिय संजय साह गम्भिर घाईते भएका थिए ।

OM Sai Pathibhara Hospital

घाईते उनलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।