समाचार

    Showing 18,361-18,370 of 23,811 items.
  • रवि लामिछानेले आइतबारनै नागरिकताको प्रतिलिपि लिने

    प्रदेश ब्युरो - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् ।‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् । उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 86 पटक पढिएको
  • रबिले भने- यतिखेर म परिचय नभएको अनागरिक भएको छु

    झापा - सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका छन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । 'अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?' उनले भने, 'अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।'

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 65 पटक पढिएको
  • सर्वोच्चको फैसलाविरुद्ध रवि लामिछाने समर्थकको नाराबाजी

    सर्वोच्च अदालत परिसरबाहिर रवि लामिछानेका कार्यकर्ताले नाराबाजी गरेका छन्।सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर गर्ने फैसला गरेपछि उनका कार्यकर्ताले नाराबाजी गरेका हुन्। उनीहरूले ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाएका थिए। नाराबाजी गर्नेमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ।सर्वोच्च बाहिर रविका समर्थकले नाराबाजी गरेपछि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू उच्च सुरक्षाबीच सर्वोच्चबाट बाहिरिएका थिए।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 118 पटक पढिएको
  • रवि लामिछानेले रास्वपाको सभापति, उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाए

    सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदसमेत गुमाउने भएका छन्। निर्वाचन आयोग उच्च स्रोतले नेपालखबरलाई बताएअनुसार कानुनत: उनको सभापति पद गएको छ। उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन्। शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासले  उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदि

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 68 पटक पढिएको
  • रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

     प्रदेश ब्युरो। रवि लामिछानेको सांसद पद खारेज भएको फैसला आए सँगै विरोध प्रदर्शन गरेका २ जनालाई प्रहरीले हिरासतमा लिएको छ । सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको हो ।यससँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गएको छ ।फैसला प्राप्त हुनासाथ महान्यायाधिवक्ता कार्यालयमा वरिष्ठ सरकारी वकिलहबिच छलफल भइरहेको छ ।‘नागरिकता पद नै नरहेकाले अहिले त उहाँको दुवै पद रहँदैन’, एक सरकारी वकि

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 68 पटक पढिएको
  • एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

    नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्नराज्य(आरआर)  क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो ।शिक्षामन्त्री खनालले निजीलाई पोसेको उनीहरुको आरोप छ । उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामा समेत माग गरेका छन् ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 112 पटक पढिएको
  • लोकदोहोरी गायक भीम पौडेलको निधन

    लोकदोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउँछन् । उनको घरमै निधन भएको हो । लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका पौडेल पछिल्लो समय  लाइभ दोहोरीमा लोकप्रिय थिए । भीम पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको छ। भीम शालिन स्वभावको प्रतिभावान गायक थिए ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 186 पटक पढिएको
  • प्रेमप्रसादको आत्मदाह बारे छानबिन गर्न गृहले बनायो समिती

    सांसद भवन अगाडी आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।यसगै गृहले गृह मन्त्रायका सह सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 132 पटक पढिएको
  • विराटनगरका एक व्यवसायी पासो लगाएको अवस्थामा भेटिए

    विराटनगरमा एक व्यवसायी मृत अवस्थामा भेटिएका छन् । विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका मोहनप्रसाद न्यौपाने मृत भेटिएका हुन् ।न्यौपाने बुधबार बिहान विराटनगर महानगरपालिका ३ स्थित आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । ‘न्यौपाने आफ्नै घरको बाथरुममा ‘पासो’ लगाएको अवस्थामा फेला परेका हुन्’, एक प्रहरीले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिएको छ, थप अनुसन्धान गर्दै छौँ ।’यता न्यौपानेको पारिवारिक स्रोतले भने व्यवसाय गर्दा लागेको ऋणका कारण उनले आत्महत्या गरेको बताएको छ । उनी मृत भेटिएको ठाउँमा ‘सुसाइट नोट’समेत फेला परेको छ । परिवारको सम्पूर्ण सदस्यलाई सम्ब

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 76 पटक पढिएको
  • टिपर खोलामा खस्दा एक जनाको मृत्यु

    बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो ।बुधबार राती भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः माघ १२, २०७९
    • 60 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.