काठमाडौँ । लेखा समूहका ५०० बढी कर्मचारीको महालेखा नियन्त्रक कार्यालयले बिहीबार एक साथ सरुवाको निर्णय गरेको छ।

महालेखा नियन्त्रक कार्यालयले बिहीबार बेलुकी उपसचिवदेखि लेखापाल सम्मका कर्मचारीको सरुवा गरेको हो । 

OM Sai Pathibhara Hospital

कार्यालयले ३४ जना उपसचिव/प्रमुख कोष नियन्त्रक/उप-महालेखा नियन्त्रक, एक २२ जना लेखा अधिकृत/कोष नियन्त्रक र तीन सय ५२ जना लेखापालहरूको सरुवा गरेको छ । लेखाका कर्मचारीको सरुवामा निकै ठूलो पावर एक्सरसाइज हुँदै आइएको थियो।