काठमाडौँ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित विमानस्थल भन्सार कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । IMG_20231208_064707

विमानस्थल प्रमुख डा. पाण्डे नेतृत्वको टोलीले मध्यराती विशेष सुराकीका आधारमा खानतलासी गर्दा सुनका बिस्कुटहरू बरामद गरेको हो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मार्फत दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई बिहीबार राती ११ः४० बजे विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जानकारी दिएको छ ।पक्राउ परेका घलेलाइ प्रहरी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ। 

चन्द्रले छातीको दायाँ–बायाँ कपडामा बेरेर लुकाई छिपाई ल्याएको सात थान बिस्कुट आकारका १४ किलोग्राम सुन मिन बहादुरको भएको सोधपुछका क्रममा खुलाएकोसमेत भन्सार कार्यालयले जनाएको छ । Screenshot_2023_1208_083721

सुन आउँदै छ भन्ने सूचना पाएका महानिर्देशक शोभाकान्त पौडेल आँफू नै राती विमानस्थलमा पुगेका थिए। ‘अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेका थियौँ,’ महानिर्देशक पौडेलले भने, ‘धेरै मेहनत पछि सुन समात्न सफल भयौँ।’ 

आलेले सुन लिएर आएका छन् भन्ने थाहा पाए पछि विमानबाट निस्किँदा देखिनै उनको पिछा गरिएको थियो। बाहिर कालो ज्याकेट, भित्र हाफ सर्ट लगाएका आलेले त्यसभित्र लाम्चो आकारका सुनका डल्ला राख्ने कपडा सिलाएर बिस्कुट आकार सुनका लाम्चा डल्ला त्यहाँ राखेर ल्याएका थिए। बरामद सुन पुनः जोखेर कानुन बमोजिम मुद्दा चलाउने महानिर्देशक पौडेलले बताए। दुबई भन्सारबाट कसरी छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको छ। 

चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ। घटनामा अन्य  व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।Screenshot_2023_1208_065702