सप्तरी    ।    राजबिराज /लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४ औं दिन तथा  ५ औं अन्तर्राष्ट्रिय महिनावारि दिवसको अवसरमा  शुक्रवार महिला सचेतना समाजको अध्यक्ष सुनिता साहको अगुवाइ तथा राजविराज नगरपालिकाका का.वा. नगरप्रमुख  इसरत परबिनको प्रमुख अतिथ्यमा सम्पन्न भयो।

सप्तरी जिल्ला कारागार राजविराजका महिला कैदि - बन्दिहरुलाई सेनेटरि प्याड वितरण वितरण गरिए को सो कार्यलाई सम्बोधन गर्दै कावानगर प्रमुख परबिनले महिलाहरूको स्वास्थ्य प्रति राज्य द्वारा जिम्मेवारी पूर्ण रुपले ध्यान दिनु जरुरी भएको र त्यसमा समाजको सहयोग र सहभागिता महत्वपूर्ण भएको बताइन ।

OM Sai Pathibhara Hospital

कार्यक्रमको अध्यक्षता गर्दै महिला अधिकारकर्मी सुनिता शाह क्रान्तिले देशमा महिलाबर्गको सामाजिक, आर्थिक र शैक्षिक अबस्था दयनीय भएको कारण उनिहरूको जीवन स्तर सुधारमा राज्य मात्र उत्तरदायी नभई  नागरिक समाजबाट समेत कर्तव्य बोध हुने बाताबरण  तयार गर्नु आबश्यक रहेको बताइन l