काठमाडौँ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सव महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल आज धनगढी जादै छन ।

कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव आजबाट सुरु हुन लागेको छ । अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

OM Sai Pathibhara Hospital

महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे प्रधानमन्त्री दाहालले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आजै साँझ काठमाडौं फर्किने कार्यक्रम छ ।