समाचार

    Showing 18,261-18,270 of 25,945 items.
  • सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

    इलाम । पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो अपरान्ह सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका-५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर  पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका-८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस १, २०८०
    • 203 पटक पढिएको
  • सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

    पाँचथर   ।   पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।शनिबार अपरान्ह सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका-५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर  पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका-८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस १, २०८०
    • 51 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषध सहित २ जना नियन्त्रण

    झापा  ।  प्रतिबन्धित लागुऔषध सहित २ जनालाई झापा प्रहरिले नियन्त्रणमा लिएको छ। शनिबार १९:०० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.१ पश्चिम बस स्टेन स्थितमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले हाईस गाडि द्वारा काठमाण्डौ ज्याकेट पार्सल गर्न आएका जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.१२ कालीझोडा बस्ने वर्ष ३० को राजु बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटमा दुलो बनाई ज्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट जिल्ला ईलाम ई

    • प्रकाशित मितिः पुस १, २०८०
    • 229 पटक पढिएको
  • निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गर्दै

    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिदै छ ।दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।पुस १६ गते चुनावका लागि ७ वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुनेछ ।आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

    • प्रकाशित मितिः पुस १, २०८०
    • 214 पटक पढिएको
  • टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त

    काठमाण्डौ  ।  दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर आन्दाेलनमा उत्रिएका छन् ।प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियाे । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकार

    • प्रकाशित मितिः पुस १, २०८०
    • 293 पटक पढिएको
  • विवाह पञ्चमीको अवसरमा आज सार्वजनिक बिदा

    काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।

    • प्रकाशित मितिः पुस १, २०८०
    • 299 पटक पढिएको
  • तीन पसलमा आगलागी

    काठमाण्डौ  ।   डडेल्धुराको बागबजारस्थित तीन पसलमा आगलागी भएको छ। शनिवार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः पुस १, २०८०
    • 255 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई-मधेसका केही जिल्लामा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ।दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा महाशाखाले पूर्वानुमान गरेको छ। राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइए

    • प्रकाशित मितिः पुस १, २०८०
    • 198 पटक पढिएको
  • रक्तचन्दन काठसहित स्वयम्भुबाट भारतीय नागरिक पक्राउ

    काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित  नवउदिन चौधरी भारतीय नागरिक पक्राउ परेका छन् । भारत मोतिहारी घर भई हाल काठमाडौँ महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौँ चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 272 पटक पढिएको
  • काठमाडौँबाट २५ किलो चरेस सहित दुई जना करोबारि पक्राउ

    काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाका अनुसार सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ३०, २०८०
    • 298 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.