काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । २५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।

धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाका अनुसार सुराकी पाएपछि शुक्रबार राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।