काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूस्थित कारखाना चोकबाट ५ सय ८० ग्राम रक्तचन्दन जस्तो देखिने काठसहित  नवउदिन चौधरी भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत मोतिहारी घर भई हाल काठमाडौँ महानगरपालिका-८ पशुपति बस्ने २२ वर्षीय नवउदिन चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले दिल्लीबाट काठमाडौँ चल्ने मञ्जुश्री यातायातको बा.४ ख २३८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा चौधरीको साथबाट उक्त काठ फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।