पाँचथर   ।   पाँचथरको फिदिम नगरपालिका-४ स्थित मध्यपहाडी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

शनिबार अपरान्ह सदरमुकामबाट माझीटार तर्फ जाँदै गरेको मे.१च ६००८ नम्बरको पिकअप गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका-५ पाँचथरका ४८ बर्षीय प्रेम संग्रौला गाडीबाट लडि घाईते भएकोमा तत्काल उपचारको लागि जिल्ला अस्पताल पाँचथर  पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । 

दुर्घटनामा संलग्न गाडी चालक इलाम नगरपालिका-८ का देवेन्द्र भुजेललाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।