झापा  ।  प्रतिबन्धित लागुऔषध सहित २ जनालाई झापा प्रहरिले नियन्त्रणमा लिएको छ। 

शनिबार १९:०० बजेको समयमा जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं.१ पश्चिम बस स्टेन स्थितमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले हाईस गाडि द्वारा काठमाण्डौ ज्याकेट पार्सल गर्न आएका जिल्ला झापा मेचिनगर नगरपालिका वडा नं.१२ कालीझोडा बस्ने वर्ष ३० को राजु बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्दा पार्सल गर्न आटेको ज्याकेटमा दुलो बनाई ज्याकेट भित्र लुकाई छिपाई राखेको प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर २८ ग्राम ३७० मिलिग्राम फेला परेकोले पक्राउ गरी सोधपुछ गर्दा उक्त सामान र ज्याकेट जिल्ला ईलाम ईलाम नगरपालिका वडा नं.१ बस्ने वर्ष २० को दिपक दाहालको  हो भनी बताएको हुँदा दिपक दाहाललाई समेत खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका वडा नं. १ मा फेला पारी पक्राउ गरेको छ। 

दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भई रहेको ।