समाचार

    Showing 18,221-18,230 of 23,811 items.
  • सहकारी संस्थाका दुई सञ्चालक पक्राउ

    झापा- तुलसी बहुमुखी सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। विराटनगर २ मा रहेका सहकारी संस्थाका दुईजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। संस्थाका अध्यक्ष फरार रहे पनि उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई  नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।बचतकर्ताको रकम फिर्ता दिन नसकेका कारण पछिल्लो १५ दिनयता सहकारीमा आन्दोलन चलिरहेको छ। संस्थाका अध्यक्ष फरार रहेका कारण उपाध्यक्ष र सचिवलाई नियन्त्रणमा लिएर कारोबार मिलाउन मौका दिइएको  प्रहरीले जनाएको  छ।सञ्चालक भाग्नबाट रोक्ने उद्देश्यले दुईजनालाई पक्राउ गरेर पैसा फिर्ता दिनका लागि मौका दिइ

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 244 पटक पढिएको
  • सिलण्डर विस्पोटबाट घाइते सांसद भण्डारीकी आमाको निधन

    झापा ग्यास सिलण्डर विस्पोटबाट घाइते भएकी नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।अस्पतालका कार्यकारी निर्देशक डा।निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गरिन्। कांग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ। थप उपचारका लागि उनीहरूलाई भारत लैजान अस्पतालले सिफारिस गरेको थियो। काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते भएका थिए। प्रतिनिधि सभाका सदस्यसमेत रहेका भण्डारी र

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 256 पटक पढिएको
  • ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु

    झापा- मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ-३ का अमन थारुलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 181 पटक पढिएको
  • हडिया खोलामा डुबेर एक जनाको मृत्यु

    झापा- झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।मृत शरिर पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 208 पटक पढिएको
  • मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

     झापा - काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज बिहान धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बीपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी निवासी ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका चालक काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मिनिट्रकका सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ निवासी १७ वर्षीय कुवेर ठकुरी घाइते भएका छन् । मिनि ट्रक सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 132 पटक पढिएको
  • सिलिण्डर विस्फोट हुँदा घाइते सांसदको स्वास्थ्य अवस्था जटिल

    झापा- खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका सांसद चन्द्र भण्डारी र उहाँकी आमा हरिकलाको स्वास्थ्य अवस्था जटिल रहेको कीर्तिपुर अस्पतालले जनाएको छ । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको छ ।अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ । यस्तै, आमा हरिकलाको जिउको धेरैजसो भाग गरी ७० प्रतिशतसम्म जलेको छ । दुवै जनाको श्वासनलीमा तातो

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 170 पटक पढिएको
  • बहुमूल्य जडीबुटी मासिन थाले, संरक्षणमा सरोकारवालाको गएन ध्यान

    झापा - सरोकारवाला निकायले संरक्षणमा ध्यान नदिँदा बहुमूल्य जडीबुटी मासिन थालेका छन्। वनजंगल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढंगले संकलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका हुन्। जडीबुटी संकलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतना नभएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापा मगर बताउँछिन्।सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रूपमा प्रयोग भइरहेका छन्। महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन्।’जिल्लामा भएका जडीबुटी संकल

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 156 पटक पढिएको
  • खुल्यो हज यात्राका लागि आवेदन

    झापा - सन् २०२३ मा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीका लागि आवेदन खुला गरिएको छ। नेपाल हज समितिले बिहीबार सूचना प्रकाशन गरी आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन भनेको छ।  साउदी अरब सरकारले यसपटक हज यात्राका लागि नेपाललाई १२ सय कोटा छुट्याएको छ। समितिका अनुसार हज यात्राका लागि पहिलो किस्ता वापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्ने छ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताक

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 121 पटक पढिएको
  • कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा ग्यास सिलिण्डर विस्फोटमा गम्भीर घाइते

    झापा । गए राति खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं, १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् ।बुद्धनगरस्थित घरमा गए राति साढे १० बजे सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमाछोरा घाइते भएका हुन् । उनीहरुरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने आमाको ७० प्रतिशत भाग जलेको डाक्टरहरूको भनाईका आधारमा भण्डारीलाई भेटेर आएका कांग्रेस नेताले बताका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले भण्डारीका आमा छोरालाई राति नै भेटन् अस्पताल पुगेका थिए ।खाना खाएर सुतिसकेको अवस्थामा सिलिण्डर विस्फोट भएको जनाइएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 204 पटक पढिएको
  • हल्दिबारीको जंगलमा खनाल मृत भेटिए

    झापा ।  मेची कृषि सहकारी संस्था मेचीनगर ईटाभट्टाका बजार प्रतिनिधि सहकारिको बचत सन्कलन गर्दै आएका मेचीनगर वडा नं. १० का ४८ वर्षीय भेषराज खनाल हल्दिबारीको जंगलमा मृत अबस्थामा फेला परेका छन।उनी माघ २५ गतेदेखि सम्पर्कविहीन भएको भनी परिवारले प्रहरी कार्यालय धुलाबारीमा खोजीका लागि निवेदन दिएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  डिएसपी रिजालका अनुसार खनाल बुधबार अपराह्न ३ बजेतिर हल्दिबारी गाउँपालिका वडा नं. ५ स्थित शान्ति सामुदायिक बनमा मृत अवस्थामा भेटिएका छन।

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 454 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.