काठमाण्डौ । चितवनको कालिका नगरपालिकामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक कालिका- ५ बस्ने बर्ष २७ का बिष्णु क्षेत्री रहेका छन।

प्रहरीले बताए अनुसार शुक्रवार दिउँसो करिब १:५० बजेको समयमा कालिका – १ को लंकालाईनमा भरतपुर बाट खालेसिमल तर्फ जाँदै गरेको बा.११ च ८७८९ नं. को कारको अगाडिको बायाँ तर्फको टायर पड्किन जाँदा कार अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।

OM Sai Pathibhara Hospital

घाइते चालक क्षेत्रीको उपचारका क्रममा नयां मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ।