काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार  बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

OM Sai Pathibhara Hospital

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ ।