समाचार

    Showing 18,121-18,130 of 25,942 items.
  • भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल आउँदै

    काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार(आज) काठमाडौँ आउँदै छन्।नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउन लागेको भएको पररास्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए। भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो। उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन्।भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नेछन्। नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 252 पटक पढिएको
  • इरानमा आतंकवादी विस्फोट

    एजेन्शी   ।   हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ९५ जना मारिएको सरकारी मिडियाले जनाएको छ । बम विस्फोटमा अन्य दुई सय ११ जना घाइते भएको र ति मध्ये २७ जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ । यसअघि मारिनेको सङ्ख्या १०३ बताइएपनि इरानको स्वास्थ्य मन्त्रालयले केही मृतक संख्या दर्ताका क्रममा दोहोरिएको स्पष्ट पारेको छ ।आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो। आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 174 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानम

    • प्रकाशित मितिः पुस १८, २०८०
    • 185 पटक पढिएको
  • जापान एयरलाइन्सको विमान अवतरणका क्रममा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी

    एजेन्शी   । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ ।जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ ।एनएचकेले जारी गरेको भिडियो फुटेजमा विमानको भर्‍याङबाट धुँवा निक्लिएको देखिन्छ।यता, समाचार एजेन्सी रोयटर्सका अनुसार रनवेमा रहेका कोस्ट गार्डको विमानको ठक्करका कारण उक्त दुर्घटना भएको हो । 

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 160 पटक पढिएको
  • सुन तस्करी प्रकरण; १४ किलो सुनमा १० जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा एक अर्ब ४० करोड रुपैयाँ विगो मागदाबीसहित मुद्दा दायर गरेको हो।२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौं आउँदै गरेका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, सरकारी वकिलको कार्यालयबाट मुद्दा चल्ने निर्णय गराई भन्सार कार्यालयले नै मुद्दा दायर गरेको हो 

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 210 पटक पढिएको
  • एमजीको जेडएस ईभीमा आगलागी

    काठमाडौं  ।  एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागी भएको छ । एक साता अघि अर्थात् यही पुस ९ गते राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।यो घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो । पार्किङकै क्रममा गाडी चार्जमा लगाइएको थियो । गाडी खुलामा घटना भएकोले अन्य धनजनको क्षति हुन नपाएको प्रहरी प्रभाग बूढानीलकण्ठका इन्स्पेक्टर योगराज खतिवडाले बताए । प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 334 पटक पढिएको
  • रविले कान्तिपुरविरुद्ध मुद्दा हाले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन ।लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विष

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 274 पटक पढिएको
  • बालेनले प्रशासकिय अधिकृतलाई कार्यलय आउनै राेके, तीन कर्मचारी निलम्बित

    काठमाडौंं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।स्वास्थ्य विभागका कर्मचारी नियुक्तिको विषयलाई लिएर विवाद भएपछि अधिकृत अधिकारीलाई कार्यालय प्रवेशमै रोक लगाएका हुन् ।मेयर साहले १० औँ तहका कर्मचारी नुरनिधी न्यौपाने र आठौँ तहका रामप्रसाद पौडेल र भगवती बिडारीलाई निलम्बन गरेका छन् ।मेयर साहले सोमबारबाट अधिकृत अधिकारीलाई कार्यालयमा नआउन निर्देशन दिएका थिए ।बालेनका सचिवालय प्रमुखसहित काठमाडौं महानगरका तीन कर्मचारी निलम्बित कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 414 पटक पढिएको
  • जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

    काठमाडौँ । जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलवार यसबारेमा जानकारी गराएको छ ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताए।सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भूकम्पहरू गएका थिए । जापान मौसम विज्ञान एज

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 258 पटक पढिएको
  • महिला मृत फेला

    बर्दिबास । सिन्धुलीमा सोमबार ३८ वर्षिय महिला मृत फेला परेकि छिन् । जिल्लाको कमलामाई नगरपालिका ५ स्थित आहालेमा साबित्री तोलांगे मृत फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ । सोमबार दिउँसो १ बजे कसैलाई जानकारी नगराई घरबाट हिँडेकोमा बेलुकासम्म घर नफर्केपछि उनको श्रीमान केशव तोलांगे श्रीमतिलाई खोज्न हिँडेका थिए । खोजतलास गर्ने क्रममा घरबाट झण्डै आठ सय मिटर पर गोठमा मृत फेला परेको प्रहरीले बताएको छ । महिलाको शव शम्सेर गोलेको गोठमा राखेको परालमा मृत अवस्थामा फेला परेको हो । मृतकको माईतीको सनाखत हुन सकेको छैन । यता, मृतकका श्रीमानले आफ्नी श्रीमति विगत लामो समय देखि छारे रोगको बिरामी रहेको बताएका छ

    • प्रकाशित मितिः पुस १७, २०८०
    • 228 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.