काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन तस्करी प्रकरणमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा एक अर्ब ४० करोड रुपैयाँ विगो मागदाबीसहित मुद्दा दायर गरेको हो।

२१ मंसिरमा फ्लाई दुबईबाट काठमाडौं आउँदै गरेका चन्द्र घलेले ज्याकेटभित्र लुकाएर १४ किलो सुन ल्याएका थिए ।

प्रमुख भन्सार अधिकृत मणिराम पौडेलका अनुसार, सरकारी वकिलको कार्यालयबाट मुद्दा चल्ने निर्णय गराई भन्सार कार्यालयले नै मुद्दा दायर गरेको हो