एजेन्शी   ।   हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ९५ जना मारिएको सरकारी मिडियाले जनाएको छ ।

बम विस्फोटमा अन्य दुई सय ११ जना घाइते भएको र ति मध्ये २७ जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ । यसअघि मारिनेको सङ्ख्या १०३ बताइएपनि इरानको स्वास्थ्य मन्त्रालयले केही मृतक संख्या दर्ताका क्रममा दोहोरिएको स्पष्ट पारेको छ ।

OM Sai Pathibhara Hospital

आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो। आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।