काठमाडौं  ।  एमजी मोटर्सको विद्युतीय कार जेडएस ईभीमा चार्जिङका क्रममा आगलागी भएको छ । एक साता अघि अर्थात् यही पुस ९ गते राति आगलागीबाट गाडी पूर्ण रूपमा नष्ट भएको घटना सार्वजनिक नगरी गुपचुप पारिएको हो ।Screenshot_2024_0102_190311

यो घटना काठमाडौंको बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको उक्त गाडी खाली चौरमा पार्किङ गरिएको थियो । 

OM Sai Pathibhara Hospital

पार्किङकै क्रममा गाडी चार्जमा लगाइएको थियो । गाडी खुलामा घटना भएकोले अन्य धनजनको क्षति हुन नपाएको प्रहरी प्रभाग बूढानीलकण्ठका इन्स्पेक्टर योगराज खतिवडाले बताए । प्रहरी मुचुल्कामा चार्जिङका क्रममा मध्यराति १ बजेको समयमा गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन। Screenshot_2024_0102_190514

गाडी धनी गोरखाका सुदीप लामिछाने रहेको बताइएको छ । प्रहरीका अनुसार आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो । तर सवारी धनी लामिछानेले भने यस विषयमा खासै कुरा गर्न चाहेनन् । ‘कम्पनीसँग कुराकानी भइरहेको छ,’ उनले भने ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले भने यो विषयमा जानकारी नभएको बताए ।