बर्दिबास । सिन्धुलीमा सोमबार ३८ वर्षिय महिला मृत फेला परेकि छिन् । जिल्लाको कमलामाई नगरपालिका ५ स्थित आहालेमा साबित्री तोलांगे मृत फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ बजे कसैलाई जानकारी नगराई घरबाट हिँडेकोमा बेलुकासम्म घर नफर्केपछि उनको श्रीमान केशव तोलांगे श्रीमतिलाई खोज्न हिँडेका थिए । खोजतलास गर्ने क्रममा घरबाट झण्डै आठ सय मिटर पर गोठमा मृत फेला परेको प्रहरीले बताएको छ ।

OM Sai Pathibhara Hospital

महिलाको शव शम्सेर गोलेको गोठमा राखेको परालमा मृत अवस्थामा फेला परेको हो । मृतकको माईतीको सनाखत हुन सकेको छैन । यता, मृतकका श्रीमानले आफ्नी श्रीमति विगत लामो समय देखि छारे रोगको बिरामी रहेको बताएका छन् । तोलांगेलाई छारे रोग हुँदापनि औषधी सेवन नगरेको उनको श्रीमानले बताएका छन् । मृतक तोलांगेको दुई छोरा र एक छोरी रहेका छन् ।