समाचार

    Showing 18,041-18,050 of 25,938 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ । तराईका अधिकांश भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।राति कोशी र बागमती प्रदेशको पहाडी भेगका आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।तराईमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाइ यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ। हुस्सु र चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन समेत सुझाव दिएको छ।

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 192 पटक पढिएको
  • कार र मोटरसाइकल दुर्घटना: एकको मृत्यु

    काठमाण्डौ  ।   नवलपुरको पुर्व पश्चिम राजमार्गमा बेलुका कार र मोटरसाइकल दुर्घटना भएको छ ।कावासोतीको राजमन्दिर जाने बाटोको चोक नजिकै जंगलमा दुर्घटना भएको हो। बाईक चालक गम्भिर अवस्था भएकोमा मध्यविन्दु हस्पिटलमा उपचारको क्रममा मृत घोषणा गरिएको छ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 55 पटक पढिएको
  • सीआईबीले सार्वजनिक गर्‍यो बम्जन, उनको गाडी र घरमा भेटिएको पैसा

    काठमाडौं  ।  तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सार्वजनिक गरेको छ ।बुधबार आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा सार्वजनिक गरिएको हो।बम्जन मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ ।उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीले जनाएको छ । बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।गाडी भेटियो: बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी प

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 455 पटक पढिएको
  • नेपाल प्रहरीका ८२६ हवलदार वरिष्ठ हवलदार बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बताइएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 419 पटक पढिएको
  • लाईन काटिएका उद्योगहरुमा विद्युत लाइन जोड्न सरकारको निर्देशन

    काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाईन काटिएका उद्योगहरुको विद्युत लाईन जडान गर्न निर्देशन दिएको छ ।सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानविन गरि प्रतिवेदन पेश गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गर्दै हाललाई उद्योगहरुको काटिएको विधुत लाई जोड्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 256 पटक पढिएको
  • राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 222 पटक पढिएको
  • स्थानीय तहबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।बैठकमा प्रधानमन्त्रीले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौं धाउनुपर्ने परिस्थितिको अन्त्य गरी सम्भव सबै सेवाहरू स्थानीय तहबाटै दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ।प्रधानमन्त्रीले वैदेशिक रोजगार सूचना प्रणाली (एफइएमआइएस) लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्न। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउन निर्देशन दिएका ह

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 269 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः पुस २५, २०८०
    • 182 पटक पढिएको
  • दालमोट बिदेशबाट ५ महिनामा ३८ करोडको भित्रियो

    काठमाडौँ । चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ३८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको दालमोट आयात भएको हो ।यस अवधिमा १३ लाख ६८ हजार किलोग्राम दालमोट, नमकिन र भुजिया आयात भएको छ । यसबापत राज्य कोषमा २० करोड २७ लाख रुपैयाँ सङ्कलन भएको छ । विश्वभरका ३७ वटा मुलुकबाट दालमोट, नमकिन र भुजिया आयात हुने गरेको तथ्याङ्कमा देखिएको छ ।तर, भारतबाहेक सबैजसो मुलुकबाट न्यून मात्रामा आउने गरेको छ । जबकि, भारतबाट यस अवधिमा ३८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको दालमोट, नमकिन र भुजिया

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 246 पटक पढिएको
  • राम बहादुर बम्जन (तपस्वी) पक्राउ

    काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (तपस्वी) लाई पक्राउ गरेको छ । उनी काठमाडौँको बुढानिलकन्ठबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए। बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 357 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.