काठमाडौं  ।  तपस्वी रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले सार्वजनिक गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा सार्वजनिक गरिएको हो।बम्जन मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका थिए । उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ ।

OM Sai Pathibhara Hospital

उनलाई छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीले जनाएको छ । बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

गाडी भेटियो: बम्जनले प्रदेश ३–०१ ०२४ च ६७२९ नम्बरको टोयटा फर्च्युन गाडी चढ्ने गरेका थिए । उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए । ५ करोडमा बुक गरेको गाडीका लागि ३ करोड भुक्तानी गरिसकेको खुलेको सीआईबीले जनाएको छ । उनीसँग क्रस फायर, केटीएम ड्युक, यामाहा रे जेडआर स्कुटरलगायत चार वटा मोटरसाइकल पनि रहेको सीआईबी ले जानकारी दिएको छ ।FB_IMG_1704892846111

पैसा बरामद: उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।FB_IMG_1704892843564

मोबाइलमात्रै १४ थान बरामद: उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ । प्रहरीका अनुसार, बरामद दसीमा मोबाइल बाहेक ३ वटा मोटरसाइकलको बिलबुल रहेका छन् ।FB_IMG_1704892848672

यस्तै गाडीको चाबी १ थान, विभिन्न ब्राण्डको पेनड्राइभ २० थान, भोइस रेकर्डर १ थान, विभिन्न ब्राण्डको मेमोरी कार्ड २ थान, आईप्याड र ट्याब ५ थान र अन्य कागजातहरु बरामद भएको सीआईबीले जनाएको छ ।Screenshot_2024_0110_174654Screenshot_2024_0110_174134Screenshot_2024_0110_174153