काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फका ८२६ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको हो ।प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बताइएको छ ।

OM Sai Pathibhara Hospital

प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी वरिष्ठ हवलदारका लागि ८२६ जना हवलदारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।