समाचार

    Showing 18,001-18,010 of 25,937 items.
  • करिव १ किलो सुनसहित ३ जना पक्राउ

    काठमाण्डौ  ।  बारा र कास्कीमा करिव १ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशिल चोकबाट करिब ६ सय ५८ ग्राम सुन बरामद भएको हो । जितपुर सिमरा उपमहानगरपालिका-१८ का ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका-१ का ३८ वर्षीय यदुकुमार विकका साथबाट सो सुन बरामद भएको हो। ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाएको सुन बरामद गरेको हो ।यस्तै कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन करिब १० तोला ६ लाल बरामद भएको छ । पाल्पाको रम्बादेबी गाउँपालिका-३ का र हाल पोखरा महानगरपालिका-१ मोहोरिया

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 220 पटक पढिएको
  • युवराज सफलद्वारा जिबी राई र रवि लामिछानेविरुद्ध उजुरी दर्ता

    काठमाण्डौ  ।  युवराज सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका छन्।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 198 पटक पढिएको
  • सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने वताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए । प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 153 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ कर्मचारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 289 पटक पढिएको
  • मधेस प्रदेशमा सत्ता गठबन्धनले विरोध प्रदर्शन गर्यो

    जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दागर्दै सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो ।जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 178 पटक पढिएको
  • बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ

    काठमाडौं  ।  बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका ६ बुँदे  निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन्।बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु-१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्व

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 288 पटक पढिएको
  • काठमाडौंमा विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोह पक्राउ

    काठमाडौं ।  अपराध अनुसन्धान महाशाखाको टोलीले  विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोहमा संलग्न ९ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।डबल ब्ल्याक, चिभास, ब्ल्याक लेभललगायत महंगो रक्सीको बोटलमा सस्तो रक्सी, भोड्का, रम लगायत मिसाएर बेच्ने गरेको अनुसन्धानमा देखिएको छ । अन्त शुल्क स्टिकर टाँसेर ब्राण्डेड नयाँ बोतलमा नक्कली रक्सी रा

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 352 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराई भू–भागमा भने हुस्सु/कुहिरो लागिरहेको उसले बताएको छ।दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।राति  कोशी, गण्

    • प्रकाशित मितिः माघ ३, २०८०
    • 191 पटक पढिएको
  • आज भूकम्प सुरक्षा दिवस मनाइँदै

    काठमाण्डौ  ।  आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न दिवस मनाउन लागिएको हो ।भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन् ।मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।चन्द्रा

    • प्रकाशित मितिः माघ २, २०८०
    • 255 पटक पढिएको
  • नारायणगढ-मुग्लिन सडकखण्डको ३ नम्वर पुलबाट त्रिशुलमा गाडी खस्यो

    चितवन  ।  नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले  भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’ घटनास्थलमा पाईएका गाडीको नम्बर प्लेट अनुस

    • प्रकाशित मितिः माघ २, २०८०
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.