चितवन  ।  नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।

अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले  भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो ।

OM Sai Pathibhara Hospital

अहिले चाहिँ बत्ती निभेको छ । तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’ घटनास्थलमा पाईएका गाडीको नम्बर प्लेट अनुसार गाडी भारतीय हुन सक्ने प्रहरीको अनुमान छ।FB_IMG_1705370834028