जनकपुर । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दागर्दै सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो ।

जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनीहरुले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् ।