काठमाण्डौ  ।  बारा र कास्कीमा करिव १ किलो सुन बरामद भएको छ । प्रहरीका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित विकासशिल चोकबाट करिब ६ सय ५८ ग्राम सुन बरामद भएको हो ।

जितपुर सिमरा उपमहानगरपालिका-१८ का ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका-१ का ३८ वर्षीय यदुकुमार विकका साथबाट सो सुन बरामद भएको हो। ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाएको सुन बरामद गरेको हो ।

OM Sai Pathibhara Hospital

यस्तै कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन करिब १० तोला ६ लाल बरामद भएको छ । पाल्पाको रम्बादेबी गाउँपालिका-३ का र हाल पोखरा महानगरपालिका-१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु२ख १२६ नम्बरको बसलाई चेक गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परीमाणको सुनसहित पक्राउ गरेको हो ।