समाचार

    Showing 17,931-17,940 of 25,935 items.
  • काठमाडौंमा आज यस वर्षकै चिसो

    काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो भएको हो।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ। जुन यो वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम मापन हो। शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ। यसअघि माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो।अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिँउदे वर्षा नभ

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 216 पटक पढिएको
  • चीनमा गएको पहिरोमा परी ३९ जनाको मृत्यु

    एजेन्शि। दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ। सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा यो विपद् आएको हो।चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको छ। घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ। बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 167 पटक पढिएको
  • काठमाडौंका यी स्थानमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्म विजुली नआउने

    काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ।प्राधिकरणको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रहरूमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 300 पटक पढिएको
  • मंगल ग्रहमा भेटियो पानीको भण्डार

    काठमाडौं । मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् । मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ । यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार रहेको देखाएको छ।सन् २००७ मा मार्स एक्सप्रेसले पहिलो पटक मेडुसे फोसिल फॉर्मेशन (एमएफएफ) परीक्षण गरेको लगभग १६ वर्षपछि वैज्ञानिकहरूले अन्तरिक्षयानको उन्नत मंगल ग्रह रडारको साथ यस क्षेत्रको पुनः भ्रमण गराएका थिए । सन २००७ र भर्खरको अनुसन्धान दुबै स्मिथ सोनियन संस्थानका वैज्ञानिक थोमस वाटर्सको नेतृत्वमा थिए । नयाँ

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 371 पटक पढिएको
  • न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ ।काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 349 पटक पढिएको
  • भाइरल ज्वरोका कारण ३ जनाको ज्यान गयो

    काठमाण्डौ । मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । जिल्लाको सोरुगाँउपाली–६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको हो ।मृत्यु हुनेहरुमा सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोली रहेका छन् । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले जानकारी दिए । यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 292 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी युवकको हत्या

    काठमाण्डौ । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ ।जिल्लाको बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।प्रहरीका अनुसार, बिहीबार साँझ बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका लागि बेनी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको टाउको र छातीमा चोट लागेको छ ।यस्तै, थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 247 पटक पढिएको
  • अख्तियारले घुससहित सहायक वन अधिकृतलाइ नियन्त्रणमा लियो

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन वन कार्यालय, बाँके, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट लिएको ७ हजार रुपैयाँ र स्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँ गरी ५२ हजार ९७५ रुपैयाँसहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । काठ चिरानका लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बिहीवार सो रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट न

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 394 पटक पढिएको
  • आज भारतको ७५औँ गणतन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै

    एजेन्शी  ।  भारतले आज ७५औँ गणतन्त्र दिवस  विभिन्न कार्यक्रम गरि मनाउँदैछ। गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ।सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो। भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​भारतले हरेक वर्ष जनवरी २६ लाई

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 411 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश र लुम्बिनी प्रदेशको तराईमा हुस्सु लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।राति भने देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 245 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.