समाचार

    Showing 16,811-16,820 of 25,897 items.
  • मौसमका कारण हवाई उडान प्रभावित

    काठमाण्डौ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण उडान प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अविरल वर्षाका कारण उडान सेडुलमा रहेका जहाज पनि प्रभावित हुन पुगेको छ । कम भिजिबिलिटी अवतरणका लागि कम्तीमा १ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी १ हजार भन्दा कम रहेको जनाएको छ ।खराब मौसमका कारण स

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 594 पटक पढिएको
  • कालीगण्डकी करिडोर पुन: अवरुद्ध

    काठमाडौं–अविरल वर्षाका कारण गएराति कालीगण्डकी करिडोर पुन: अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो करिडोर बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार, पहिरोले सडक नै भासिएको छ । जसकारण लामा तथा छोटो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन् । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।गत हप्ता पनि यही क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सोमबार दिउँसो सडक सञ्चालनमा आए पनि पुन: परेको भारी वर्षाले सडक अवरुद्ध बनाएको हो । हाल वर्षा जा

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 607 पटक पढिएको
  • प्रहरीलाई उत्कृष्ट सेवा प्रवाहमा कटिबद्ध हुन प्रहरी महानिरीक्षकको निर्देशन

    काठमाडौं–प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्दै पीडित र सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताएका छन्।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु र प्रहरी गतिविधि सम्बन्धमा सोमबार आयोजित निर्देशन सम्बोधनमा कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनामा प्रहरीको प्रभावकारी उद्दार कार्यको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिए।सडक दुर्घटना न्यूनीकरण र जनचेतना फैलाउन सरोकारवाला निका

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 379 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   देशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ ।देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, ग

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 447 पटक पढिएको
  • बंगलादेश अशान्त, के छ त्यहाँ रहेका नेपालीको स्थिति?

    काठमाडौं- मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो ।मन्त्रालयले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नसमेत सूचनामार्फत जानकारी दिएको छ । अहिले कायरोस्थित नेपाली राजदूतावासले लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गरिरहेकोसमेत जनाएको छ ।इरानको रा

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 182 पटक पढिएको
  • बंगलादेशका सेना प्रमुखले भने– अन्तरिम सरकार बन्छ

    बंगलादेश- बंगलादेशका सेना प्रमुख जनरल वकारले एक सार्वजनिक सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा बंगलादेशमा एक अन्तरिम सरकार बन्ने बताएको बीबीसीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 543 पटक पढिएको
  • बंगलादेशकी प्रधानमन्त्रीको राजीनामा

    बंगलादेश- विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन्। समाचार संस्था अलजजिराका अनुसार उनी राजीनामा दिएर सुरक्षित स्थानमा लागेकी हुन।प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।  विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिना प्रधानमन्त्री पद त्याग्न बाध्य भएकी हुन। त्यको स्थिति सम्हाल्न बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्र

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 407 पटक पढिएको
  • नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

    काठमाडौं–नवलपरासी (बर्दघाट सुस्तापूर्व) को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।  आज बिहान भएको दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–६ साहुमारास्थित भित्री सडकखण्डमा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको ५६ए९२१२ नम्बरको मोटरसाइकल अम्चुरखोलामा खसेको हो । घटनामा भारतको महाराजगञ्ज निचलौल टोल ओडवलियाका ४० वर्षीय प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ठाउँका २८ वर्षीय अशोक राजभार गम्भीर घाइते छन्। घाइते अशोक राजभारको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल (बर्दघाट सुस्तापश्चिम)मा उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 342 पटक पढिएको
  • हात्ती तर्साउने बाघ समातियो

    काठमाडौं–चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार बिहान एक व्यक्तिमाथि बाघले आक्रमण गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दिनभरको खोजी र उद्धार प्रयासपछि बाघलाई नियन्त्रणमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार भरतपुर महानगरपालिका–२ बेलटाँडीका पशुपति श्रेष्ठ नारायणी नदी किनारमा बाघको आक्रमणमा परेका थिए। आक्रमणपछि बाघ नजिकैको झाडीमा लुकेको थियो। बाघलाई नियन्त्रणमा लिन विभिन्न निकायका कर्मचारीहरू खटिएका थिए। दिनभर चलेको खोजी अभियानमा हात्तीको प्रयोग गरिएको थियो। तर, बाघको गर्जनले केही हात्ती डराएर भागेका थिए। पछि थप हात्ती ल्याएर बाघलाई डार्ट गरिएको थियो। नियन्त्रणमा लिइएको बाघ दुई म

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 468 पटक पढिएको
  • बुङमती लगियो रातो मच्छिन्द्रनाथको मूर्ति

    काठमाडौं— वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो।हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मंगलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ।१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.