काठमाण्डौ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण उडान प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अविरल वर्षाका कारण उडान सेडुलमा रहेका जहाज पनि प्रभावित हुन पुगेको छ । कम भिजिबिलिटी अवतरणका लागि कम्तीमा १ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी १ हजार भन्दा कम रहेको जनाएको छ ।

OM Sai Pathibhara Hospital

खराब मौसमका कारण स्टानाबुलबाट काठमाडौँ आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् ।त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको छ ।