काठमाडौं–अविरल वर्षाका कारण गएराति कालीगण्डकी करिडोर पुन: अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो करिडोर बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार, पहिरोले सडक नै भासिएको छ । जसकारण लामा तथा छोटो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प भएका छन् । सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

OM Sai Pathibhara Hospital

गत हप्ता पनि यही क्षेत्रमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सोमबार दिउँसो सडक सञ्चालनमा आए पनि पुन: परेको भारी वर्षाले सडक अवरुद्ध बनाएको हो । हाल वर्षा जारी रहेकाले सडक खुलाउन कठिन भएको प्रहरीले जनाएको छ ।