बंगलादेश- विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन्। समाचार संस्था अलजजिराका अनुसार उनी राजीनामा दिएर सुरक्षित स्थानमा लागेकी हुन।

प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।  विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिना प्रधानमन्त्री पद त्याग्न बाध्य भएकी हुन। त्यको स्थिति सम्हाल्न बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। 

OM Sai Pathibhara Hospital

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा आइतबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको छ।हसिना सन् २००९ देखि निरन्तर बंगलादेशको सत्तामा छिन्।