काठमाडौं–चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार बिहान एक व्यक्तिमाथि बाघले आक्रमण गरेपछि तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दिनभरको खोजी र उद्धार प्रयासपछि बाघलाई नियन्त्रणमा आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार भरतपुर महानगरपालिका–२ बेलटाँडीका पशुपति श्रेष्ठ नारायणी नदी किनारमा बाघको आक्रमणमा परेका थिए। आक्रमणपछि बाघ नजिकैको झाडीमा लुकेको थियो। 

OM Sai Pathibhara Hospital

बाघलाई नियन्त्रणमा लिन विभिन्न निकायका कर्मचारीहरू खटिएका थिए। दिनभर चलेको खोजी अभियानमा हात्तीको प्रयोग गरिएको थियो। तर, बाघको गर्जनले केही हात्ती डराएर भागेका थिए। पछि थप हात्ती ल्याएर बाघलाई डार्ट गरिएको थियो।

नियन्त्रणमा लिइएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते श्रेष्ठको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।