काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती र गण्डक
काठमाडौं–नवलपुरको दाउन्ने खण्डमा सडक भासिएको कारण पूर्वपश्चिम राजमार्गको यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ । गएरातिदेखि सडकमा देखिएको क्षति थप बढ्न सक्ने भन्दै आज दिउँसो १ बजेसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा सडक भासिएपछि यातायात सञ्चालनमा अवरोध आएको हो । यस क्षेत्रबाट यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौं— सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्
काठमाडौं— २०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो। कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो।असार २७ गते गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भयो। टिभी हेरेर बसेका कैदीलाई अर्का कैदीले तानेर बस्ने क्रममा भएको विवाद झडपमा परिणत भयो। झन्डै एक सय कैदी रहेको उक्त कारागारमा तत्काल सुरक्षाकर्मी परिचालन हुँदा मानवीय क्षति भने हुन पाएन। २०८० जेठ २२ गते कैलाली कारागारमा कैदी र कर्मचारीबिच नै
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा
काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य क्षेत्र सुधारका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पाँच लाख बनाउने प्रस्ताव गरेका हुन्। हाल स्वास्थ्य बीमाको सीमा एक लाख छ। स्वास्थ्यका कार्यक्रम एकीकृत गरेर स्वास्थ्य बीमामा सुधार ल्याउन रकमको दायरा बढाइने मन्त्री पौडेलले बताएका छन्। आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रम एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको मन्त
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भार
काठमाडौं- काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखे
काठमाडौं— बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् ।आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् ।पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसक
काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। पार्टी भित्र एक पटक देशकै ठूलो दल बनेको पार्टी किन क्षयीकरणको सिकार भएको भन्ने विषय जोरजवरजस्त उठेको छ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बुँदे लिखित कारण पेश गरेका ५न् । २०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।साउन २५ देखि जारी स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.