काठमाडौं–नवलपुरको दाउन्ने खण्डमा सडक भासिएको कारण पूर्वपश्चिम राजमार्गको यातायात सञ्चालन पूर्ण रुपमा बन्द भएको छ ।

गएरातिदेखि सडकमा देखिएको क्षति थप बढ्न सक्ने भन्दै आज दिउँसो १ बजेसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

OM Sai Pathibhara Hospital

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा सडक भासिएपछि यातायात सञ्चालनमा अवरोध आएको हो । यस क्षेत्रबाट यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।