पाल्पा । पाल्पाको रामपुर नगरपालिका बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत भेटिएकी छिन् ।मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका क्रममा रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए ।सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मल्लले जानकारी गराएको छ।
झापा । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान १ जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो।सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा हात्तिलाइ धपाउन खोज्दा १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
काठमाण्डौ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ।आज दिउँसो कोशी प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँ
बिराटचौक । मोरङको पथरीशनिश्चरेमा मिक्स गिट्टी बोकेको टिपरको ठक्कर दिदा शनिबार दिउँसो दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर सो दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का
चैनपुर । सङ्खुवासभाको नेपाल चीन सीमा नाका किमाथाङ्मा भन्सार कार्यालय रहे पनि कर्मचारी बिहीन अबस्थामा छ ।नौ जनाको दरबन्दी रहेको सो भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन रहदा भोट खोलावासीले सास्ती भोग्नू परेको दु:खेसो पोख्छन । किमाथाङ्का भन्सार कार्यालय गत अक्टूबर २२देखि एक जना कार्यालय सहयोगीको रूपमा संचालन गर्दै आएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा सो कार्यालय चलिरहेको छ ।उत्तरी क्षेत्र किमाथाङ्कामा विसं १९८० मा भन्सार कार्यालय स्थापना भएको थियो
चारआली । घरबाट बेपत्ता भएका झापा गाउँपालिका वडा नं ४ खयरवारी निवासी ६५ वर्षिय गणेशवहादुर खत्री मृत फेला परेका छन् ।आज बिहान झापा गाउँपालिका १ सुरुघुट्टुस्थित ठूलो माई खोलामा डुबेको अबस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । गत नवंबर १२का दिन विहान ११ वजे खत्री घरबाट बेपता भएका हुन । आफन्त र प्रहरीले उनको खोजतलास तिब्र बनाएको थियो।खोजतलासकै क्रममा कनकाई माईमा उनी मृत अवस्थामा फेला पारिएका हुन।
काठमाडौं— आउँदो १६ गते हुने पालिका तह उपचुनावका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।आइतबार बेलुका ६ बजेपछि उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपचुनावका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् ।पर्सि ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ ए
झापा । झापा जिल्लाको मेचीनगरमा मोटरसाइकल ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मेचीनगर-१० स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत चारआलीबाट धुलाबारीतर्फ गइरहेको मे.६ प ३१७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिदा इलाम रोङ-३, कोल्बुङका ५५ वर्षीय इन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान संगै उनका छोरा शुक्रराज गुरुङले बिएन्डसी अस्पतालमा सनाखत गरेका हुन्।गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएकोमा चिकित्सकहरूले उनको मृत घोषणा गरेका थिए ।
काठमाडौं— आज २० औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । ‘नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।नेपालमा १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपछि कफी खेतीको सुरूआत भएको मानिन्छ । नेपालमा शुरूदेखि नै रोपण गरेको कफी अराविका जातको हो ।अराविका कफी पारखीको पहिलो रोजाईमा पर्ने र विश्वमा कुल उत्पादनको झन्डै ७५ प्रतिशत यही जातको उत्पादन हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा बढ्दै गएको छ ।नेपालमा उत्पादन भएको कफीले आन्तरिक माग एक महिना पनि नधान्ने
काठमाण्डौ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भु-भागका केही स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको अवस्था छ।आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मौसम आंशिक बदली देखी मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.