चैनपुर । सङ्खुवासभाको नेपाल चीन सीमा नाका किमाथाङ्मा भन्सार कार्यालय रहे पनि कर्मचारी बिहीन अबस्थामा छ ।
नौ जनाको दरबन्दी रहेको सो भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन रहदा भोट खोलावासीले सास्ती भोग्नू परेको दु:खेसो पोख्छन । किमाथाङ्का भन्सार कार्यालय गत अक्टूबर २२देखि एक जना कार्यालय सहयोगीको रूपमा संचालन गर्दै आएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा सो कार्यालय चलिरहेको छ ।
उत्तरी क्षेत्र किमाथाङ्कामा विसं १९८० मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्व कालमा भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं १९९७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ । भन्सार कार्यालय हाल कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखिएको कारण कारण सेवाग्राहीले सास्ती ब्यहोर्नु परिरहेकको गुनसो गर्दछन् ।
किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नैधाउनुपर्ने बाध्यता सेवाग्राहीहरुको छ। भन्सार कार्यालय सदरमुकाममा रहेपछि सेवा पेचिलो भएको हो ।
उत्तरी क्षेत्र किमाथाङ्का नाका गत मई २८ मा सञ्चालनमा आए पनि भन्सार कार्यालय नाका क्षेत्रमा नहुँदाको अबस्थामा भोट खोलावासीले सास्ती पाएका छन् । भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व सङ्कलन भएको बताए । मई २८ मा नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले रु एक लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन नै पैदल हिँडेर सरदरमुकाम खाँदबारी पुग्नुपर्ने बाध्यता छ ।
किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका माध्यमले चिनियाँ बजारबाट सामान आयात गर्दै आएका छन् । किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किलो मीटर रहेको छ ।