सुनसरी । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा ७७६ डिग्निटी किट्स मध्ये ३६७ जना गर्भवती महिलालाई वितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको आयोजना र युएनएफपीए (संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष) तथा युनाइटेड नेशनको सहयोगमा भाेक्राहा नरसिंह गाउँपालिकाका वडाहरू १, २, ३ र ४ अन्तर्गतका क्षेत्रमा यो कार्यक्रम आयोजना गरिएको छ भने यो कार्यक्रम निरन्तर वड़ा नम्बर ५,६,७ र ८ मा कार्यक्रम आयाेजना गरि वितरण गर्न तालिका रहेको स्वास्थ्य शाखाले जनाएको छ ।कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी भाेक्राहा नरसिंह गाउँपालिका उपशाखाका सभापति युवराज दाहालको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथिको रूपमा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद उपस्थित थिए।कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो। किट्स वितरण कार्यक्रम विपद् प्रभावित महिला र किशोरीहरूको स्वास्थ्य र स्वच्छता अधिकारको सुनिश्चितता गर्ने उद्देश्यले आयोजना गरिएको हो।
वितरण गरिएको किटमा गर्भवती महिलाहरूका लागि स्वास्थ्य र स्वच्छता सामग्रीहरूको प्याकेज समावेश गरिएको छ, जसमा साबुन, सेनेटरी प्याड, साडी, टर्च लाइट, व्यक्तिगत स्वच्छता सामग्रीहरू र अन्य आवश्यक वस्तुहरू रहेका छन्।स्वास्थ्य शाखा प्रमुख हिरालाल शाहले कार्यक्रममा बोल्दै भने, “गर्भवती महिलाहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्नका लागि यस प्रकारका कार्यक्रमहरू अत्यन्तै लाभप्रद रहेको छ। डिग्निटी किट्स वितरणले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ र उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नमा मद्दत पुग्नेछ ।”
त्यसैगरी नेपाल रेडक्रस सोसाइटीका उपसभापति युवराज दाहालले भने, “हाम्रो संस्थाले सधैं विपद् र आपतकालीन परिस्थितिमा जनतालाई सहयोग पुर्याउने काम भईरहेको छ। यस कार्यक्रमले गर्भवती महिलाहरूको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने निश्चित छ। यो हाम्रो सामाजिक दायित्व पनि हो, र हामी भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सञ्चालन गरिने छ ।”यता भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले डिग्निटी किट्स वितरणको महत्त्वलाई स्पष्ट गर्दै भने, “हाम्रो पालिकामा महिलाको स्वास्थ्य र समग्र जीवनस्तर सुधार्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइरहेको बताए ।उनले भने यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउन र उनीहरूको स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण योगदान पुर्याउनेछ। समाजको समग्र विकासका लागि महिलाको स्वास्थ्य र शिक्षा अति महत्त्वपूर्ण छन्, र यसका लागि हामी निरन्तर काम गर्दै जानेछौँ।”
साे वितरण कार्यक्रममा गर्भवती महिलाहरूले डिग्निटी किट्स प्राप्त गर्दा भाेक्राहा नरसिंह वडा नम्बर २ कि रामकुमारी ऋषिदेवकी अनुहारमा खुशीको संकेत स्पष्ट देखिन्थ्यो। किटमा समावेश सामग्रीहरूले उनीहरूको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, किट वितरणसँगै महिलाहरूलाई स्वास्थ्य र स्वच्छता सम्बन्धी महत्त्वपूर्ण जानकारी पनि प्रदान गरिएको थियो ।यसैगरी वडा नम्बर ४ का वडाध्यक्ष हारून अंसारीले कार्यक्रमको महत्त्व बारे बुझाउर्दै भने, “यस कार्यक्रमले महिलाहरूलाई राहत पुर्याएको छ। युएनएफपीए र युनाइटेड नेशनका सहयोगमा यो कार्यक्रम पहिलोपटक भाेक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको हो, र यसले महिलाहरूको जीवनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास रहेको जानकारी दिए।