इलाम   ।   नेपाल कम्युनिष्ट पार्टी (ए कीकृत माले) इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन । शनिबार बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरको फरकले बराल अध्यक्षमा निर्वाचित भएका हुन। बरालले तीन सय ८१ मत प्राप्त गर्दा भट्टराईले एक सय ९५ मत मात्र प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा दुई सय ५० मतका साथ उदयबहादुर राई निर्वाचित भए । उनका प्रतिस्पर्धी उमेश गुरुङले एक सय ८४ र बुद्धिप्रसाद खनालले एक सय ३७ मत मात्र प्राप्त गर्रेका थिए।

OM Sai Pathibhara Hospital

सचिवमा रामप्रसाद सुवेदी (रवीन्द्र) निर्वाचित भए। उनले प्रतिस्पर्धी प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरेका छन । सुवेदीले दुई सय ९२ मत पाउँदा अधिकारीले दुई सय ६८ मत प्राप्त गरे। उपसचिव (खुला) मा निकटतम प्रतिस्पर्धी छवि श्रेष्ठलाई २६ मतान्तरमा पराजित गर्दै रमेश राई निर्वाचित भएका छन । राईले एक सय ७० मत प्राप्त गर्दा श्रेष्ठले एक सय ५३ मत प्राप्त गर्नुभयो । अन्य प्रतिस्पर्धी यामबहादुर राईले एक सय ३४ र मानवीर लुहागुनले ५६ मत मात्र प्राप्त गरे ।

 त्यस्तै उपसचिव (महिला) मा प्रतिस्पर्धी विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरमा पराजित गर्दै दिलकुमारी लिम्बू निर्वाचित भएका छन । लिम्बूले तीन सय नौ मत पाउँदा रिमालले दुई सय १७ मत मात्र प्राप्त गरे ।

बिहीबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा जिल्लाका ८१ वटा, २१ जनसङ्गठन र पेसागत सङ्गठन, तीन इलाका शाखा एउटा विशेष वडा कमिटीबाट चयन भएका पाँच सय ८७ प्रतिनिधि सहभागी थिए । मत भने पाँच सय ८१ मात्र खसेको थियो । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो ।