काठमाडौँ । नेपाल सरकारका २१ जना राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को सरुवा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले मातहतका विभिन्न निकायमा कार्यरत लेखाका उपसचिवहरूको काज सरुवा गरेको हो । कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयदेखि ठुला र आकर्षक मानिएका आयोजनासम्मका लेखा प्रमुखहरूको अदली बदली गरेको हो । हेर्नुहोस् सूची :
सिराहा । सिराहा प्रहरीले कटुवा पेस्तोल सरोज कुमार यादवलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका वडा नं. ७ शलहेश मन्दिर स्थित वादविवाद भएको खबर प्राप्त हुना साथ वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायब निरीक्षक अमित कुमार रायको कमाण्डमा प्रहरी टोली उक्त ठाउँमा पुगेका थिए ।औरही गाउँपालिका वडा नं. ३ का करिब २२ वर्षीय संजित कुमार यादव र उनको करिब १८ वर्षीया बहिनी संजिता यादव सिरहा नगरपालिका वडा नं. ७ मा रामपुकार शर्माको घरमा डेरा गरी बस्दै आएको अवस्थामा औरही गाउँपालिका वडा नं. ४ कमलपुरका करिब २० वर्षीय सरोज कुमार यादवले उनीहरु बस्दै आएको घरमा आई उनीहरूसँग वादविवाद गरी रहेको अबस्थामा सरोज कुमा
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवारी दुर्घटनामा परेका छन्। शनिबार महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप सुर्खेतबाट दैलेख जाने क्रममा दुर्घटनामा परेको छ।गाडी दुर्घटनामा महासचिव पाखरेललाई सामान्य चोट लागेको छ। ट्रमा सेन्टरमा सामान्य उपचारपछि पोखरेल घर फर्किसकेका छन्। उक्त दुर्घटना परी कर्णाली प्रदेश कमिटी उपसचिव पद्मा खड्काको हात फ्याक्चर भएको छ । आइतबार बिहान सुर्खेत हुँदै विमानबाट काठमाडौं फर्किएका पोखरेलले ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य जाँच गराएका थिए । भिडियो एक्सरे गर्दा सामान्य चोट मात्र देखिएपछि उनलाई चिकित्सकहरूले औषधि लिएर केही दिन
काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवन पुगेका छन् । पूर्वराजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमललगायत परिवारका सदस्यसहित चितवन पुगेका हुन् ।चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन गएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । पूर्व राजा शाह आफैँले गाडी चलाएर विमानस्थलबाट बाहिरिएका थिए । उनी आइतबार पटिहानीको होटल सोल्टीमा बसेका छन् ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आन्शिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने देशका पहाडी भू-भागमा साधारणतय
काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ। विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो
काठमाण्डौ । प्रहरीले १ सय २४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका-११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिशेक शेर्मा रहेका छन् । मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १-०२-००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को.१ ह ५०९८ नम्बरको
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाण्डौ । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो ।घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिएका छन । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज बिहानसम्म देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.