काठमाण्डौ । देशभर मनसुन थप सक्रिय बनेको छ । महाशाखाले विशेषगरी चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउसो देशभरि नै मौसम अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरूका साथै अन्य प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राति पनि जारी रहनेछ, विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।