समाचार

    Showing 11,561-11,570 of 25,752 items.
  • अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन छ – सांसद श्रेष्ठ

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए । उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन् ।  भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए । उनले भने,‘युवा

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 524 पटक पढिएको
  • रिसोर्टमा जुवातास खेल्दै गरेका चार जना पक्राउ

    भक्तपुर— जिल्लाको चाँगुनारायण नगरपालिका–७ स्थित खरिपाटीमा रहेको बाँसबारी रिसोर्टमा जुवातास खेल्दै गरेको अभियोगमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–५ निवासी ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना छन्। उनीहरूलाई सोमबार दिउँसो प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।प्रहरीले घटनास्थलबाट नगद एक लाख पाँच हजार नौ सय चालीस रुपैयाँ (रु. १,०५,९४०) बरामद गरेको छ। साथै, डिजिटल तास खेलाउन प्रयोग हुने मोबाइल आकारको एक थान डिभाइस, १२ बुक डिजिटल तास, ६ थान मोबाइल फोन, एक थान मोटरसाइकल र एक थान स्कुटर समेत बरामद गरिएको प्रहरीले

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 596 पटक पढिएको
  • म्याग्दीको गुर्जाखानीमा ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— जिल्लाको गुर्जाखानी क्षेत्रमा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको केन्द्रविन्दु गुर्जाखानी आसपासको क्षेत्र रहेको जनाइएको छ। हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर, स्थानीयवासीहरूले हल्का धक्का महसुस गरेको बताएका छन्।यसअघि, २०८१ साल चैत २१ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले केही क्षेत्रमा क्षति पुर्‍याएको थियो।भूकम्पीय गतिविधि बढ्दै गएको सन्दर्भमा विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। र

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 701 पटक पढिएको
  • बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 489 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं— भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरे लगत्तै दुबै दलका सांसदहरू उठेर विरोधमा उभिएका थिए। त्यसपछि सभामुखले रास्वपाका सांसद विराजभक्त श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए। श्रेष्ठले सरकारलाई पटक–पटक माग गर्दा पनि भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नभएकोप्रति गम्भीर आपत्ति जनाउँदै जबसम्म छानबिन समिति बनाइँदैन, तबसम्म विरोध जारी राख्ने बताएका छन्। उनले मन्त्रिपरिषद्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 743 पटक पढिएको
  • रास्वपाका समानुपातिक उम्मेदवार सूचीबाट नाम हटाउन कुसुम महर्जनको निवेदन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद उम्मेदवार कुसुम महर्जनले आफ्नो नाम सूचीबाट हटाउन पार्टीमा निवेदन दिएकी छन्। महर्जनको निवेदनबारे निर्णय गर्न रास्वपाले आज दिउँसो ३ बजे पार्टी कार्यालय, बनस्थलीमा सचिवालय बैठक बोलाएको छ।महर्जन २०७९ सालको संघीय निर्वाचनमा रास्वपाको समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरअन्तर्गत परेकी थिइन्। रुपन्देही स्थायी ठेगाना भएकी महर्जन हाल काठमाडौंमा बसोबास गर्दै आएकी छन्।पार्टी स्रोतका अनुसार, आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा रुपन्देही–३ बाट उम्मेदवारी दिन इच्छुक महर्जनले सोही तयारीस्वरूप समानुपातिक सूचीबाट नाम हटाउन न

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 806 पटक पढिएको
  • जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

    काठमाडौं–   जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् । मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए । यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित ग

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 538 पटक पढिएको
  • मोरङका दुई स्थानमा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

    विराटनगर –  मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ ।उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन् ।इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो ।घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पत

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 540 पटक पढिएको
  • सशस्त्र प्रहरी बल नेपालमा ७७ जनाको बढुवा सिफारिस

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका ७७ पदमा बढुवाका लागि सिफारिस गरेको छ। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी) मा ६, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ र सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा ४८ जनाको बढुवा सिफारिस गरिएको संगठनका केन्द्रीय प्रवक्ता एसएसपी कालिदास धौवजीले जानकारी दिए ।प्रवक्ताका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता र कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। यसले संगठनको वृत्ति विकास र सुरक्षा फौजको मनोबल अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।एसएसएसपीमा सिफारिस भएकाहरू दोस्रो ब्याचका,

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 544 पटक पढिएको
  • पाँच दिनपछि हराएका दुई बालबालिका मृत भेटिए

    पाँचथर— जिल्लाको याङवरक गाउँपालिका–२ का दुई बालबालिका पाँचदिनदेखि बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा आज बिहान १० वर्षीय शिशिर राई र ५ वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलामा भेटिएको छ। दुवै जना बालबालिका पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।बालबालिका बेपत्ता भएपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी कार्य तीव्र पारेका थिए। पाँच दिनको खोजीपछि उनीहरू मृत अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ।घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 666 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.