काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले अहिलेको सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे पटकपटक सरकारसँग छानबिनका लागि माग गर्दा पनि सरकार दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन रहेको बताए । उनले भिजिट भिसा प्रकरणमा जो कोहि दोषि भएतापनि कारबाही हुन पर्ने माग राखेका छन् । भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार व्यक्तिगत भुल वा प्रशासनिक त्रुटि नभई साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत रहेको उनले बताए ।
उनले भने,‘युवाहरु भविष्यका कर्णधार हुन् । उनिहरु रोजगारि र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरको लागि बाध्य छन् । तर त्यहि आशालाई ध्वस्त पार्ने र राष्ट्रको नाममा धब्बा लगाउने काम भै रहेको छ । भिजिट भिसा प्रकरणको नाममा भएको सांगठिक भ्रष्टाचार । यो व्यक्तिगत भुल होइन,प्रशासनिक क्रुटि होइन साज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित योजनावद्ध दलाल संरचनाको र्कतुत हो र यो काण्डको जरा कहाँ सम्म फैलिएको छ भन्ने कुरा प्रत्येक नेपालीको मनमा रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा भिजिट भिसा काण्डमा अझैसम्म सत्य पूर्ण रुपमा बाहिर आउन सकेको छैन । अहिले बनेको समिती हाम्रो र आम नागरिकको नजरमा मात्र टालटुले समिती हो । भिजिट भिसा प्रकरणमा दोषि जो भएतापनि कडा भन्दा कडा कारबाही होस् । पटक –पटक सरकार सँग आग्रह गर्यौ छानवीन गर दोषीलाई कारबाही गर सरकार मौन छ , पन्छिन खोज्दैछ र दलाल संरचनालाई ढाकछोप गर्न तल्लिन देखिन्छ ’