काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरेका छन् । राससको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्रीले सूचना-प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भनी शुभकामना दिएका हुन् । ‘आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ ।’, सन्देशम
काठमाडौँ । प्रजातन्त्र र निर्वाचन एकार्कामा अभिन्नरुपमा गाँसिएका छन् । विधिसम्मत्रुपमा जनताको अभिमतप्राप्त गरेका जनप्रतिनिधिले शासन गर्नु प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र हो भने आम मतदाताले निर्बाध र आवधिकरुपमा मताधिकार प्रयोग गर्न पाउनु निर्वाचन प्रक्रिया हो । सुखद संयोग नै मान्नुपर्छ-आज मुलुकले प्रजातन्त्र दिवससँगै निर्वाचन दिवस पनि मनाउँदैछ । नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवसको नारा ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ रहेको छ ।नागरिकले आफ्ना प्रतिनिधिमार्फत शासनमा सहभागिता जनाउने,
काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुनेको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर ल्याएको छ । आजदेखि सुरु भएको अफर यही फागुनको १२ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताएका छन् ।आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताए ।उनले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताए ।उनले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताए । उनले नयाँ ड्राफ्टमास्वायत्तताको माग
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उल्लेख गरेका छन ।उपराष्ट्रपति यादवले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर
काठमाडौं । आज ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदै छ ।नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन ।राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो भनेका छन ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्
काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनासँग जोडेर भ्रष्टाचार मुद्दा दायर गरेपछि पूर्वसचिव भीम उपाध्यायले प्रतिक्रिया जनाएका छन् ।उनले आफूले कुनै पनि प्रकारको अनियमितता नगरेको दाबी गरेका छन् । "मेलम्चीका कसैले मलाई १ रुपैयाँ कुनै बेला दिएको छन् भने भनून् । मिटिङमा चिया खाजा, त्यो पनि शाकाहारीबाहेक केही खाएको पनि छैन," आइतबार राति सामाजिक सञ्जालबाट उपाध्यायले भनेका छन् ।उनले ०७३ कार्तिकदेखि ०७४ भदौ १२ गतेसम्म आफूले खानेपानी मन्त्रालयको सचिव पदमा १० महिना काम गरेको र त्यसकै हैसियतमा मेलम्ची बोर्डको पदेन अध्यक्ष रहेको जानकारी दिएका छन् । त्यस अवधिमा आफूबाट कुनै प्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.