सुर्खेत – अविरल वर्षासँगै सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ । सुर्खेतदेखि दैलेख सदरमुकाम जोड्ने उक्त सडकखण्ड अवरुद्ध हुँदा यातायातका साधन बीचबाटोमा रोकिएका छन् ।
डुबेश्वर गाउँपालिका–६, सिस्नेटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । बाटो पूर्ण रूपमा अवरुद्ध छ । सडक खुलाउने पहल भइरहेको उनले बताए ।
पहिरो पन्छाउन सुरक्षाकर्मी खटाइएको र करिब एक घण्टामा यातायात सञ्चालनमा ल्याइने सुर्खेत प्रहरी प्रमुख बरालले बताए ।